होमपेज > सप्तकोशी विकास बैंकको खुद नोक्सान घट्यो

सप्तकोशी विकास बैंकको खुद नोक्सान घट्यो

बिज्ञापन

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको खुद नोक्सान घटेको हो।

गत वर्षको चैत मसान्तसम्म बैंक ७ करोड ३१ लाख रुपैयाँ खुद नोक्सानीमा रहेकोमा चालू आवमा नोक्सानी घटेर २ करोड ७७ लाख रुपैयाँमा झरेको हो। खुद नोक्सानी घटेसँगै यस वर्ष बैंकको कुल सञ्चालन आम्दानी १ करोड ३३ लाख रुपैयाँबाट बढेर २ करोड रुपैयाँ नाघेको छ भने खुद ब्याज आम्दानी पनि ११ करोड ४२ लाख रुपैयाँबाट बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी गत वर्ष ११ रुपैयाँ ६८ पैसा ऋणात्मक रहेकोमा यस वर्ष घटेर ४ रुपैयाँ ४४ पैसामा झरेको छ भने वितरणयोग्य नाफा साढे ५० करोड रुपैयाँबढीले अझै ऋणात्मक छ। चुक्ता पूँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा साढे ५० करोड रुपैयाँ ऋणात्मक र रिजर्भमा साढे ३१ करोडबढी सञ्चिति रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार