होमपेज > समयमा काम सम्पन्न नगर्ने २५० भन्दा बढी सडक ठेक्का तोड्दैछौं : मन्त्री कुलमान घिसिङ

समयमा काम सम्पन्न नगर्ने २५० भन्दा बढी सडक ठेक्का तोड्दैछौं : मन्त्री कुलमान घिसिङ

बिज्ञापन

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरूका २५० भन्दा बढी सडक ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको बताएका छन्। बुधबार सिंहदरबारमा बाजुराको मार्तडी सडकखण्ड सञ्चालन गर्नुपर्ने मागसहित युवाहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री घिसिङले दीर्घकालीन ढिलाइ र गैरजिम्मेवार प्रवृत्ति अब सह्य नहुने स्पष्ट गरे।

मन्त्री घिसिङका अनुसार, लामो समयसम्म ठेक्का होल्ड हुँदा जनतालाई सास्ती र राष्ट्रलाई हानि पुग्ने भएकाले सडक, भौतिक, सहरी विकास तथा ऊर्जासिंचाई क्षेत्रका ठूला परियोजनाहरूमा पनि समयमै प्रगति नभए ठेक्का तोडिनेछ। राज्यले बजेट छुट्याएर अघि बढाएका योजनामा निर्माण व्यवसायीले काम सुरु नै नगर्नु “राष्ट्रकै लागि घातक” भएको उनले टिप्पणी गरे।

उनले ठेकेदारहरूले तोकिएको समयमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिंदै अब ढिलाइ र लापर्वाही नछुट्ने बताएका हुन्। बाजुराको मार्तडी सडकखण्ड सुचारु गर्न मन्त्रालयले विशेष ध्यान दिने प्रतिबद्धता मन्त्री घिसिङले व्यक्त गरेका छन्। प्रदेश सरकारले पूरा गर्न नसकेको खण्डमा संघ सरकारले आवश्यक सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म