सानिमा बैंकको २०औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा रु.२.४० अर्ब खुद मुनाफा गरेको कम्पनीको कुल सम्पत्ति २३३.८६ अर्ब रुपैयाँ, कुल निक्षेप १९९.३८ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रुपैयाँ रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ । सभा कम्पनीका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।