साताको कारोबारको तेस्रो दिन आज शेयर बजार परिसूचक सामान्य अंकले बढेको छ।
आज नेप्से परिसूचक ९ दशमलव ०९ अंकले बढेर २७११ दशमलव ७५ को विन्दुमा पुगेको छ। बुधबार ३२३ कम्पनीको ७४ हजार ३ सय ०३ पटकको कारोबारमा १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
१४३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ। १३ उपसमूहमध्ये पाँच वटा राताम्मे हुँदा अन्यमा हरियाली छाएको छ। बुधबार नगदी ग्रुप पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन्।