होमपेज > नेपाल सिमेन्ट उत्पादन संघले खुलाए सिमेन्टको मूल्य वृद्धि गर्नुका कारण (भिडियो सहित)

नेपाल सिमेन्ट उत्पादन संघले खुलाए सिमेन्टको मूल्य वृद्धि गर्नुका कारण (भिडियो सहित)

बिज्ञापन

नेपाल सिमेन्ट उत्पादन संघले हालै बढेको सिमेन्टको मूल्य बढ्नुको कारण खुलाएको छ। सर्वसाधरणले सिमेन्टको मूल्य बढ्दा गुनासो गरेपछि सिमेन्ट उत्पादन संघले पत्रकार सम्मेलनमार्फत सिमेन्टको मूल्य वृद्धि गर्नुका कारण खुलाएको हो। ठुलो लगानिमा रहेका प्राय सबै नेपाली सिमेन्ट उद्योगहरुले ठूलो घाटा व्यहोरीका छन्।

ठूलो नोक्सानिका कारण बैंकबाट लिइएको कर्जा रकमको किस्ता र ब्याज भुक्तानि गर्नुपर्ने, कच्चा पदार्थको खरिद आयात गर्नुपर्ने र पछिल्ला केहि महिनादेखी नेपाल विद्युत प्राधिकरणबाट १२ घण्टासम्म दैनिक विद्युत कटौती भइरहेको अवस्थामा जेनेरेटरबाट बैकल्पिक उर्जाको व्यवस्था गरी उद्योग संचालन गर्दा उत्पादन लागत अत्याधिक मात्रामा वृद्धि भएको र ढुवानी भाडामा भएको वृद्धि लगाएतका कारण उद्योग संचालन गर्न नै कठिन भएको जनाएको छ।

उद्योगहरुले श्रमिक कर्मचारीहरुको तलव भत्ता भुक्तानी बैंक किस्ता र व्याज भुक्तानी जस्ता नियमित खर्चहरु हेरी तरलता व्यवस्थापन गर्नका लागि उत्पादन लागत भन्दा निकै कम मूल्यमा सिमेन्ट बिक्री गरी तरलता व्यवस्थापन गर्नुपर्ने बाध्यताका कारण सिमेन्टको मूल्यमा निकै गिरावट आएको बताइएको छ। ठूलो नोक्सानिकै कारण नेपालमा संचालित ६५ वटा सिमेन्ट उद्योगहरुबाट २२ वटा सिमेन्ट उद्योग पूर्ण रुपमा बन्द भईसकेका छन्। थप नोक्सानी व्यहोरी उद्योग संचालन गर्दा अरु उद्योगहरु समेत आर्थिक संकटका कारण बन्द हुने अवस्थामा रहेका छन्।

सिमेन्ट उद्योगहरुले नोक्सानीमा थप अवधि उद्योग संचालन गर्न नसक्ने अवस्था सिर्जना भएकाले उद्योगलाई बन्द गर्दा सर्व- साधारणहरुले बैंकमा बचत गरेको रकम बैंकमार्फत लिएको कर्जा रिणको किस्ता र व्याज तिर्न नसकी बैंकको कर्जा रकमसमेत उठाउन बैंकहरुलाई समेत अप्ठ्यारो हुँदा बैंकहरु पनि धाराशायी हुन पुग्ने अवस्था आउन नदिन नाफा नभएर पनि न्यून लागत मूल्यमा सिमेन्ट विक्री वितरण गर्दा चल्ने र बैंकको किस्ता भुक्तानी भई बैंकहरुमा नकारात्मक प्रभाव पनि नपर्ने अवस्था सिर्जनाका लागि उद्योगीहरुले विगत केही महिना यता सिमेन्टको मूल्य वृद्धि गरेका हुन्।

उत्पादनको खरिद लागतमा केही मुनाफा जोडी विक्री मूल्य निर्धारण गर्ने प्रावधान खुल्ला बजार अर्थतन्त्रको विशेषता हो। नेपाल निर्माण व्यवसायी महासंघ र आम सिमेन्टका उपभोक्ताले सिमेन्टको मूल्य वृद्धिको गुनासोहरुका विषयमा सम्मानित सार्वजनिक लेखा समितिमा भएको छलफल र प्राप्त निर्देशन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्री श्री दामोदर भण्डारी ज्यू र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक समेतको निर्देशन तथा आम उपभोक्ताहरुको हितलाई समेत ध्यान दिई हालको सिमेन्टको विक्री मूल्य घटाइएको छ।

मिति २०८१ श्रावण महिनाको उद्योकको विक्री मूल्यमा भौगोलिक र व्यापारिक अवस्थासमेतलाई विचार गरी हाललाई औसत प्रति बोरा रु. ८५ देखी बढीमा रु ११५ (अन्त: शुल्क र मु. अ. कर बाहेक) भन्दा थप नहुने गरी (Net Cash मूल्यमा) उद्योगस्थलको विक्री मूल्य निर्धारण गरी उद्योग संचालन गर्नु गराउनु हुन अनुरोध गरिएको छ।

नेपाल विद्युत प्रवधिकरणलाई हाल दैनिक १२ घण्टासम्म सिमेन्ट उद्योगहरुमा भईरहेको विद्युत कटौती र अघोषित लोडसेडिँगको अन्तय गरि निरन्तर रुपमा विना लोडसेँडिग २४ सै घण्टा विद्युत माग गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार