२०८३, कार्तिक १९ गते

‘गौँथली’ हेर्न ओइरिए दर्शक, कमाइ कति भयो?

सोमवार , आश्विन ५, २०८३

फिल्म ‘गौँथली’ ले बक्स अफिसमा २५ करोड ९३ लाख बढी कमाउन सफल भएको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार असोज ४ गते आइतबार राति ११ः५९ बजेसम्म फिल्मले २५ करोड ९४ लाख ७३ हजार ४० रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

उक्त अवधिसम्म फिल्मलाई ९ लाख ४० हजार ९१५ जना दर्शकले हेरेका छन्। यससँगै ‘गौँथली’ले बक्स अफिसमा उल्लेख्य व्यावसायिक सफलता हासिल गरेको देखिएको छ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ गत साउन १ गतेदेखि प्रदर्शनमा आएको हो। फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली र सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रको बक्स अफिस विवरण चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकमा आधारित छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images