प्रधानमन्त्री बालेन शाह र भारतका विदेश सचिव विक्रम मिस्रीबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भइरहेको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका सिलसिलामा नेपाल आएका विदेश सचिव मिस्रीले यसअघि परराष्ट्रमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। उनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि द्विपक्षीय वार्ता गरेका छन्। नेपाल भ्रमणमा रहेका मिस्री बिहीबार नै नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ।
यसैबीच, प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको औपचारिक मिति भने सार्वजनिक भएको छैन। कूटनीतिक स्रोतहरूका अनुसार नोभेम्बर २३ देखि २५ अर्थात् मंसिर ७ देखि ९ गतेसम्म भ्रमण हुन सक्ने चर्चा छ। यद्यपि, नेपाल र भारत दुवै सरकारले भ्रमणको अन्तिम मिति औपचारिक रूपमा घोषणा गरिसकेका छैनन्।
प्रतिक्रिया दिनुहोस