अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको हिजो बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनी सचिव शिशिर भट्टराईका अनुसार प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत हुनुपर्नेछ। त्यसपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।प्रस्तावित लाभांशमध्ये अधिकांश हिस्सा बोनस सेयर रहेको छ भने नगद लाभांश कर प्रयोजनका लागि छुट्याइएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस