२०८३, कार्तिक १९ गते

काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुँदै, कुन दिन कहाँ बन्द हुन्छ?

शुक्रवार , कार्तिक १३, २०८३

काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तारको काम गर्न नेपाल विद्युत् प्राधिकरणले आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत विद्युत् लाइन विस्तार गर्न लागिएकाले कात्तिक १३ देखि २० गतेसम्म दैनिक बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाइएको छ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् कटौती गरिएको छ।

त्यस्तै, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् अवरुद्ध हुनेछ। कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति बन्द गरिनेछ।

कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म, १७ गते शंखमुल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् कटौती हुनेछ।

यसैगरी, कात्तिक १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा र कात्तिक १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका रद्द हुन सक्नेछ। भूमिगत विद्युत् लाइन विस्तारका लागि विद्युत् कटौती गर्नुपर्ने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्नसमेत प्राधिकरणले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images