चाबहिल सबस्टेसनको मर्मतसम्भारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिहान काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द गरेको छ।
प्राधिकरणका अनुसार चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान ५ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिएको हो।
विद्युत् आपूर्ति बन्द हुँदा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्र प्रभावित हुने प्राधिकरणले जनाएको छ।
निर्धारित समयभन्दा अगावै मर्मतसम्भारको काम सम्पन्न भएमा तत्काल विद्युत् आपूर्ति सुचारु गरिने पनि प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस