२०८३, कार्तिक २० गते

काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य प्रतिकिलो ३५० रुपैयाँ तोकियो

मंगलवार , कार्तिक १७, २०८३

काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले कात्तिक १७ गतेदेखि लागू हुने गरी काठमाडौं, भक्तपुर र ललितपुरमा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरेको हो।पोल्ट्रिमञ्च नेपालका सञ्चालक दिपेश लामिछानेले नयाँ मूल्य कात्तिक १७ गतेदेखि लागू भएको जानकारी दिएका छन्।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले पनि मासुको मूल्य निर्धारण गरिएको पुष्टि गरेका छन्। उनले तोकिएको मूल्यअनुसार नै ब्रोइलर कुखुराको मासु बिक्री गर्न व्यवसायीहरूलाई सर्कुलर जारी गरिएको बताए।

संघले तोकिएको मूल्यभन्दा बढी रकम लिएर मासु बिक्री गरेको पाइएमा कारबाही तथा आवश्यक जानकारीका लागि ९८४१५६१५१७ र ९८४१३३८७१९ नम्बरमा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images