२०८३, कार्तिक २० गते

नेपालमा १७ अर्ब डलर लगानी भित्र्याउने लक्ष्यसहित पूर्वाधार सम्मेलन हुँदै

बिहिवार , कार्तिक १९, २०८३

तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन–२०२६ मा १७ अर्ब अमेरिकी डलर बराबरका पूर्वाधार परियोजना सोकेस गरिने भएको छ। आगामी डिसेम्बर ९ र १० (मंसिर २३ र २४) गते आयोजना हुने सम्मेलनमा पूर्वाधार क्षेत्रका विभिन्न परियोजना लगानीका लागि प्रस्तुत गरिने भएको हो।

पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो।काठमाडौंमा सरकार तथा निजी क्षेत्रका प्रतिनिधिले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नेपाल पूर्वाधार सम्मेलन आयोजना गर्ने घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सम्मेलनमार्फत पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्ने उद्देश्य राखिएको बताए। उनले लगानीका लागि भएका कानुनी सुधार तथा लगानीमैत्री वातावरण निर्माणका प्रयासलाई समेत सम्मेलनमा प्रस्तुत गरिने जानकारी दिए।

मन्त्री लम्सालका अनुसार सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि विभिन्न कानुनी सुधार अघि बढाएको छ। यसक्रममा ५९ वटा कानुनको मस्यौदा तयार भइसकेको उनले बताए। सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

सम्मेलनले नेपालका पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुका साथै सरकार र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images