२०८३, कार्तिक २२ गते

थापाथलीमा तीनदिने रैथाने मेला लाग्दै

बिहिवार , कार्तिक १९, २०८३

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तिहारलाई लक्षित गर्दै तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आयोजना गर्ने भएको छ।

कम्पनीका अनुसार मेला आगामी कात्तिक २१ देखि २३ गतेसम्म काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालय परिसरमा सञ्चालन हुनेछ।मेलामा तिहारका परम्परागत परिकार, फूलमाला, सजावटका सामग्री, माटाका भाँडाकुँडा, रैथाने बाली तथा विभिन्न स्थानीय उत्पादन बिक्रीका लागि राखिनेछ।

नेपाली मौलिक संस्कृति र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।मेलामा स्टल राख्न इच्छुक कृषक, सहकारी, महिला तथा युवा उद्यमी र स्थानीय उत्पादकहरूबाट कम्पनीले आवेदनसमेत माग गरेको छ।

मेलाले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउनुका साथै नेपाली मौलिक परम्परा, संस्कृति र रैथाने परिकारको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images