२०८३, आश्विन १९ गते

नेपाल प्रिमियर लिगको प्रसारणमा नेपाल लाइफ ‘Powered By’ पार्टनर

बिहिवार , आश्विन १५, २०८३

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल)को टेलिभिजन प्रसारणका लागि हिमालय स्पोर्ट्स एचडीसँग ‘Powered By’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ।

यससम्बन्धी सम्झौता नेपाल लाइफ र हिमालय स्पोर्ट्स एचडीबीच एक समारोहबीच सम्पन्न भएको हो। सम्झौता एनपीएलको टेलिभिजन प्रसारणसँग सम्बन्धित रहेको कम्पनीले जनाएको छ। टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) २०८३ आगामी कार्तिक ८ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुने तय भएको छ।

नेपाल लाइफका अनुसार एनपीएलको प्रसारणसँग जोडिनु कम्पनीको ब्रान्डलाई क्रिकेटका दर्शकमाझ पुर्‍याउने माध्यमका साथै नेपाली खेलकुदको प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यसँग सम्बन्धित छ। सम्झौताबारे नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले क्रिकेट नेपाली समाजमा साझा उत्साह र एकताको माध्यम बन्दै गएको बताए।

'नेपाल लाइफ सधैँ नेपाली परिवारको जीवन, भविष्य र सुरक्षासँग जोडिँदै आएको छ। खेलकुदले मानिसहरूलाई नजिक ल्याउँछ, साझा खुसी सिर्जना गर्छ र एकताको भावना बलियो बनाउँछ,' उनले भने।

उनका अनुसार एनपीएलको प्रसारणमार्फत देशभरका दर्शकसँग जोडिन पाउनु कम्पनीका लागि विशेष अवसर हो। उनले सहकार्यलाई नेपाली खेलकुद क्षेत्रको प्रवर्द्धन, विकास र उत्थानमा सहयोग गर्ने कम्पनीको प्रतिबद्धताको एक हिस्साका रूपमा लिइएको बताए।

नेपाल लाइफले एनपीएलको प्रसारणमार्फत व्यापक दर्शक समुदायसम्म पुग्नुका साथै जीवन बीमामार्फत आर्थिक सुरक्षा, विश्वास र भविष्यका लागि जिम्मेवार तयारीको महत्वबारे सन्देश प्रवाह गर्ने उद्देश्य रहेको जनाएको छ। कम्पनीले खेलकुदले समाजमा सकारात्मक ऊर्जा, एकता र आपसी सम्बन्धलाई बलियो बनाउन भूमिका खेल्ने भन्दै यस्ता खेलकुद तथा प्रसारण प्लेटफर्मसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images