२०८३, आश्विन १९ गते

धन्न खुलामञ्च राम्रो बनाइएछ र पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ! - प्रधानमन्त्री वालेन

आइतवार , आश्विन १८, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाली कांग्रेसले काठमाडौंको खुलामञ्चमा १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह आयोजना गरेको विषयमा टिप्पणी गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत कांग्रेसको महाधिवेशन खुलामञ्चमा आयोजना भएको प्रसंग जोड्दै व्यंग्यात्मक शैलीमा टिप्पणी गरेका हुन्। उनले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’

नेपाली कांग्रेसले आइतबार काठमाडौंको खुलामञ्चमा १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह आयोजना गरेको थियो। महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि तथा शुभेच्छुक काठमाडौं आएका छन्। प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा खुलामञ्चको व्यवस्थापन तथा सुधारका काम अघि बढाइएको थियो। सोही सन्दर्भलाई जोड्दै उनले कांग्रेसको महाधिवेशन खुलामञ्चमा आयोजना भएको विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्रीको टिप्पणी कांग्रेसको महाधिवेशन र नयाँ राजनीतिक शक्तिबीचको पछिल्लो राजनीतिक दूरी तथा सार्वजनिक अभिव्यक्तिको सन्दर्भमा आएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images