म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत विजेतालाई पुरस्कार हस्तान्तरण गर्न थालिएको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना भाग्यशाली विजेताले मोटरसाइकल र स्कुटर प्राप्त गरेका छन् ।
काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । उनीहरूले म्याक्स टाइगरको क्यानको बिर्कोमार्फत पुरस्कार जितेका थिए ।
त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममा धरानका अनोज कुमार अधिकारीले स्कुटर र विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन् ।पुरस्कार प्राप्त गरेपछि विजेताहरूले खुसी व्यक्त गर्दै सामान्य रूपमा इनर्जी ड्रिङ्क खरिद गर्दा यति ठूलो उपहार प्राप्त हुने कल्पनासमेत नगरेको बताएका छन् । उनीहरूले म्याक्स टाइगरको अभियान आफ्ना लागि अविस्मरणीय बनेको प्रतिक्रिया दिएका छन् ।
कम्पनीका अनुसार ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन् । अभियानमा अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ ।सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्कको क्यानको बिर्कोलाई आकर्षक पुरस्कार जित्ने अवसरसँग जोडेर सञ्चालन गरिएको यस अभियानले उपभोक्तामाझ उत्साह थपेको कम्पनीको भनाइ छ ।
नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भइरहेको एक्सट्रिम फ्यानजोनमार्फत पुरस्कार हस्तान्तरण गर्ने क्रम सुरु गरिएको र आगामी दिनमा पनि विभिन्न स्थानमा यसलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस