नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जी लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।
बोर्डको अनुमतिसँगै कम्पनीले सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्नेछ ।
कम्पनीले जारी गर्ने कुल ६० लाख कित्ता सेयरमध्ये २० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारण समूहका लागि छुट्याइएको छ । बाँकी ८० प्रतिशत अर्थात् ४८ लाख कित्ता सेयर संस्थापक समूहको रहनेछ ।आशुतोष इनर्जीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबी क्यापिटलले पाएको छ ।
यसअघि धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई पनि आईपीओ निष्कासनको अनुमति दिएको थियो । पछिल्लो समय विभिन्न कम्पनीले सर्वसाधारणबाट पुँजी जुटाउन आईपीओ निष्कासन प्रक्रिया अघि बढाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस