२०८३, मंसिर ५ गते

images

नेपालमा खुल्दै अमेरिकी चर्चित ब्रान्ड आन्टी एन्स, बौद्धमा पहिलो आउटलेट

शुक्रवार , कार्तिक २७, २०८३

अमेरिकी प्रख्यात सफ्ट प्रेट्जेल ब्रान्ड ‘आन्टी एन्स’ नेपालमा भित्रिने भएको छ। ब्रान्डले आगामी नोभेम्बर २१, २०२६ मा काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा आफ्नो पहिलो आउटलेट उद्घाटन गर्ने भएको हो।

सन् १९८८ मा संयुक्त राज्य अमेरिकामा स्थापना भएको आन्टी एन्स ताजा बेक गरिएका तथा हातैले आकार दिइएका प्रेट्जेलका लागि विश्वभर परिचित ब्रान्ड हो। नेपालमा यसको आगमनसँगै नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय स्वादका विभिन्न प्रेट्जेल तथा स्न्याक्सको अनुभव लिन पाउनेछन्।

जे.जि.आई. डिस्ट्रिब्युसन प्राइभेट लिमिटेडसँगको साझेदारीमा गो टु फुड्सले आन्टी एन्सलाई नेपालमा भित्र्याउन लागेको हो। यसअघि नेपालमा सिनाबोन र कार्भेलजस्ता अन्तर्राष्ट्रिय ब्रान्ड सञ्चालनमा ल्याइसकेको कम्पनीले यससँगै आफ्नो खाद्य ब्रान्डको पोर्टफोलियो विस्तार गरेको छ।

जे.जि.आई. डिस्ट्रिब्युसनका प्रबन्ध निर्देशक राजबहादुर शाहले आन्टी एन्सलाई नेपालमा भित्र्याउनु उत्साहजनक उपलब्धि भएको बताएका छन्। उनले बौद्धस्थित पहिलो आउटलेट आगामी दिनमा सञ्चालन गरिने धेरै आउटलेटमध्ये पहिलो हुने जानकारी दिएका छन्।

त्यस्तै, गो टु फुड्स इन्टरनेसनलका एसिया–प्रशान्त क्षेत्रका वरिष्ठ उपाध्यक्ष स्टिभन याङले नेपाललाई कम्पनीको अन्तर्राष्ट्रिय विस्तार रणनीतिको महत्त्वपूर्ण बजारका रूपमा लिएको बताएका छन्। सिनाबोन र कार्भेलको सफलतापछि आन्टी एन्सलाई पनि नेपालमा विस्तार गर्न पाउँदा उत्साहित रहेको उनको भनाइ छ।

बौद्धस्थित पहिलो आउटलेटमा ओरिजिनल, जालापेन्यो, सिनामन सुगर, आल्मन्ड र पेपरोनी स्वादका प्रेट्जेल उपलब्ध हुनेछन्। त्यस्तै, ओरिजिनल र चिज प्रेट्जेल डग्स, प्रेट्जेल स्टिक्स तथा मिनी प्रेट्जेल डग्स पनि ग्राहकले स्वाद लिन पाउनेछन्।

यसका अतिरिक्त क्रिम चिज, मस्टर्ड, क्यारामेल र चकलेटलगायतका विभिन्न डिप्स उपलब्ध हुनेछन्। पेय पदार्थतर्फ ओरिजिनल लेमोनेडसँगै पिच, म्याङ्गो र स्ट्रबेरी स्वादका लेमोनेड तथा तातो र चिसो कफीका विकल्प रहनेछन्।

कम्पनीले बौद्धस्थित पहिलो आउटलेट सञ्चालनपछि नेपालका अन्य स्थानमा समेत आन्टी एन्सको उपस्थिति विस्तार गर्ने योजना बनाएको छ। आगामी महिनाहरूमा थप आउटलेट सञ्चालन गर्दै नेपाली उपभोक्तामाझ ब्रान्डको पहुँच बढाउने लक्ष्य कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images