२०८३, मंसिर ५ गते

images

भारत ‘ए’ले नेपाललाई दियो ३३३ रनको लक्ष्य

शुक्रवार , मंसिर ४, २०८३

एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा भारत ‘ए’ले नेपाललाई जितका लागि ३३३ रनको विशाल लक्ष्य दिएको छ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको हो।

भारतका लागि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय पारी खेले। कुशाग्रले सर्वाधिक ११७ रन बनाउँदा कप्तान वर्माले १०७ रनको योगदान दिए। त्यस्तै वैभव सूर्यवंशीले २६ रन बनाए भने सूर्यान्श शेड्गेले अविजित ३६ रन जोडे।

नेपालका लागि बलिङमा सन्दीप लामिछाने र ललित राजवंशीले समान तीन–तीन विकेट लिए। नन्दन यादवले दुई तथा पवन सर्राफले एक विकेट हात पारे। अब नेपालले प्रतियोगिताको पहिलो खेल जित्न भारत ‘ए’ले दिएको ३३३ रनको लक्ष्य पछ्याउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images