२०८३, मंसिर ७ गते

images

नेपाली बजारमा सार्वजनिक भयो नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भी यूएसडी,मूल्य कति ?

आइतवार , मंसिर ६, २०८३

टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक साझेदार जगदम्बा मोटर्स प्रालिले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ।

अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रममार्फत सार्वजनिक गरिएको मोटरसाइकलको अनावरण टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दीपेन्द्र मिश्रले संयुक्त रूपमा गरेका हुन्। अनावरण कार्यक्रममा टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले नयाँ मोटरसाइकलको विशेषताबारे जानकारी गराएका थिए।

उनका अनुसार नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडीमा रिफाइन्ड इन्जिन र सहज प्रदर्शनका साथै एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्ट एक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम उपलब्ध छन्।

मोटरसाइकलमा तीनवटा राइड मोड समावेश गरिएको छ। दैनिक यात्राका लागि अर्बन मोड, उत्कृष्ट प्रदर्शनका लागि स्पोर्ट मोड र ट्र्याक्सन कन्ट्रोल सिस्टमको सुविधासहित रेन मोड उपलब्ध छन्। राइडरले आफ्नो आवश्यकता र सडकको अवस्थाअनुसार यी मोड छनोट गर्न सक्नेछन्। नयाँ मोटरसाइकल ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ।

नेपाली बजारमा अपाचे आरटीआर २०० ४भी यूएसडीको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। यो मोटरसाइकल देशभरका आधिकारिक टीभीएस सोरुमबाट खरिद गर्न सकिने जगदम्बा मोटर्सले जनाएको छ। नयाँ मोडलले नेपाली बजारमा प्रिमियम स्पोर्ट्स मोटरसाइकलप्रति आकर्षित ग्राहकलाई थप विकल्प उपलब्ध गराउने कम्पनीको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images