होमपेज > एसवाई प्यानल नेपालको आईपीओ कात्तिक १९ गतेदेखि बिक्री खुला

एसवाई प्यानल नेपालको आईपीओ कात्तिक १९ गतेदेखि बिक्री खुला

बिज्ञापन

एसवाई प्यानल नेपाल लिमिटेडले आगामी कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (सार्वजनिक सेयर) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा सेयर जारी गरिसकेको छ। अब बाँकी सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँ मध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर प्रतिकित्ता रु १०० अंकित मूल्यमा जारी गर्दैछ।

यसअघि जारी सेयरमध्ये, २ लाख ६१ हजार ६२७ कित्ता चितवनको रत्ननगर नगरपालिका क्षेत्रमा रहेका स्थानीय बासिन्दालाई, ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री भइसकेको छ।

अब बाँकी ४९ लाख ७० हजार ९२१ कित्ता मध्ये

३ प्रतिशत (१ लाख ४९ हजार १२७ कित्ता) कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशत (२ लाख ४८ हजार ५४६ कित्ता) सामूहिक लगानी कोषका लागि र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको कम्पनीले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अवधि छिटोमा कात्तिक २३ गतेसम्म रहनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा आवेदन अवधि मंसिर ३ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आश्वा सेवा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म