सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गते सुशासन तथा भ्रष्टाचार नियन्त्रणका मागसहित गरिएको प्रदर्शनका क्रममा काठमाडौंसहित देशका विभिन्न भागमा ज्यान गुमाउने ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भने, “सुशासन र भ्रष्टाचार नियन्त्रणका माग राखी जेनजी पुस्ताद्वारा गरिएको आन्दोलनमा मृत्यु भएकाहरूमध्ये ४५ जनालाई शहीद घोषणा गरिएको छ। अन्य थप घटनाहरूको पनि अध्ययन भइरहेको छ।”

