होमपेज > त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड

बिज्ञापन

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड गरिएको छ । विभिन्न क्याम्पसबाट स्ववियु अध्यक्ष तथा अन्य पदाधिकारीहरूमा निर्वाचित भएका विद्यार्थीहरूले त्रिवि उपकुलपति प्राडा खड्क केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

उनीहरूले शैक्षिक क्यालेन्डर विपरीत परीक्षाको समयमा विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड गरेका हुन् । यसअघि विद्यार्थी नेताहरूले भर्ना खोल्न दबाब दिएका थिए । उनीहरूले रेक्टर कार्यालय र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी पनि गरेका छन् । तोडफोडपछि उपकुलपति कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।

सानोठिमी, भक्तपुर, पाटन र सरस्वती क्याम्पसमा नेविसंघबाट निर्वाचित भएका स्ववियु अध्यक्ष तथा अन्य सदस्यहरूले तोडफोड र तालाबन्दी गरेका हुन् । उनीहरूले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड र तालाबन्दी गरेका हुन् ।

यसअघि नेविसंघका विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भर्ना खोल्न दबाब दिएका थिए । स्ववियु निर्वाचनका बेला विद्यार्थी भर्ना रोकिएकाले अहिले भर्ना खोल्नुपर्ने दाबी उनीहरूको छ । स्ववियु निर्वाचनका लागि त्रिविले २०८१ माघ ११ गतेदेखि नै स्नातक तह प्रथम वर्षको भर्ना रोकेको थियो । निर्वाचनपछि भर्ना हुन पाउने विद्यार्थीहरूको अधिकार रही आएकोमा त्रिविले आनाकानी गरेको उनीहरूको भनाइ छ ।

उनीहरूले तुरुन्त स्नातक तह प्रथम वर्षको भर्ना खोल्न माग गरेका छन् । पब्लिक युथ क्याम्पसका सन्तोष श्रेष्ठ, सरस्वती क्याम्पसका मुस्कानराज गौतम, कैलाशकुट क्याम्पसका मुरारी गौतम, पद्मकन्या क्याम्पसकी भूपी ऐर, पाटन क्याम्पसका रोहित कपाली लगायतका १९ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै त्रिवि उपकुलपति कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  2. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  3. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  4. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  5. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  6. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  7. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  8. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  9. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  10. १० नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  11. ११ नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  12. १२ नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  13. १३ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  14. १४ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  15. १५ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै