होमपेज > दराजले खुलायो फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन

दराजले खुलायो फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन

बिज्ञापन

दराजले, दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ ।

नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो गु्रप–वाइड म्यानेजमेन्ट ट्रेनी कार्यक्रम हो । यसको प्रमुख उद्देश्य भन्नु नै, भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानिय प्रतिभालाई पहिचान गर्दै ई–कमर्श क्षेत्रलाई थप समृद्ध बनाउँदै लैजानु हो ।

१५ महिने घुम्ती कार्यक्रमका रुपमा चल्ने यो प्रोग्राम, सन् २०२५ को जुलाईदेखि सुरु हुने जानकारी दिइएको छ । कार्यक्रम अन्तर्गत सहभागीले कम्पनीका मुख्य विभागहरूमा संरचित तरिकाले घुम्ती प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन् । वरिष्ठ नेतृत्वको मार्गदर्शनमा उहाँहरूले स्थानीय तथा अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

डीएफएलपी २०२५ हालै, १ वर्षभित्र स्नातक गरेका, शैक्षिक उत्कृष्टता र विश्लेषणात्मक क्षमतामा अब्बल, उत्साही र प्रेरित युवाहरूका लागि खुला गरिएको छ । उपयुक्त उम्मेदवारमा टीमवर्क, नेतृत्व क्षमताको सम्भावना, प्रभावकारी संवाद कौशल तथा अनुकुलनशीलता देखिनु आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ । आवेदन ८ बैशाखदेखि १४ दिनसम्म खुला रहने छ । इच्छुक उम्मेदवारहरूले दराजको करियर पृष्ठमार्फत आफ्नो उम्मेदवारीका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

विभिन्न चरणको छनोट प्रक्रियामार्फत दराजले देशभरका विश्वविद्यालयहरुबाट योग्य युवाहरुको छनोट गर्नेछ । उनीहरूलाई द्रुत गतिमा अघि बढिरहेको प्रविधिनिर्भर वातावरणमा आवश्यक सीप, मार्ग निर्देशन तथा व्यवहारिक अनुभव प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई दराजभित्रको नेतृत्वदायी भूमिकामा दीर्घकालिन करियर विकासका अवसरहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, उत्कृष्ट प्रदर्शन गर्ने उम्मेदवारलाई उचित पारिश्रमिक तथा पुरस्कारद्वारा सम्मान समेत गरिनेछ ।

“दराज फ्युचर लिडरशिप प्रोग्राम मेरो करियरका लागि एक मेजर टर्निङ प्वाइन्ट सावित भयो । कार्यक्रममा अपनाइएको घुम्ती संरचनाले व्यवसायका विविध पक्षहरू नजिकबाट नियाल्ने तथा बुझ्ने राम्रो अवसर प्रदान गर्यो । कार्यक्रम अन्तर्गत अवसरका रुपमा उपलब्ध गरिएका हरेक प्रोजेक्टले मलाई समन्वयमा काम गर्न, गहिरो विश्लेषण गर्न तथा रणनीतिक सोच विकास गर्न प्रेरित गर्यो ।”, नेपालबाट डीएफएलपीका पूर्व सहभागी स्वाति कर्णले भनिन्, “यस अनुभवले मलाई एक आत्मविश्वासी, डेटा–चिन्तनशील तथा द्रुत गतिमा निर्णय गर्नसक्ने ब्यक्ती बनायो ।”

डीएफएलपले दराजको दक्षिण एशियामा डिजिटल रूपान्तरणको प्रतिबद्धतालाई दर्साउँछ । यस कार्यक्रममार्फत दराजले सम्भावना बोकेका युवाहरूलाई सक्षम बनाई नवप्रवर्तनको प्रवद्र्धन र डिजिटल अर्थतन्त्रमा योगदान पुर्याउन सक्ने बनाउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  2. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  3. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  4. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  5. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  6. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  7. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  8. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  9. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  10. १० पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  11. ११ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  12. १२ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  13. १३ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  14. १४ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  15. १५ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने