होमपेज > नेप्से १० अंकले घट्यो, फाइनान्स समूह सबैभन्दा तल

नेप्से १० अंकले घट्यो, फाइनान्स समूह सबैभन्दा तल

बिज्ञापन

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंकले घट्दा नेप्से परिसूचक २६१५ अंकमा झरेको छ। अघिल्लो दिन नेप्से २६२५ अंकमा कारोबार भएको थियो।

आज दिनभर बजार रातो रह्यो र कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ। ६३ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रह्यो।

सामूहिक रुपमा, फाइनान्स समूह सबैभन्दा धेरै १.५५ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन समूह स्थिर रह्यो। अन्य समूहमा निर्जीवन बीमा ०.२२, व्यापार ०.४८, बैंकिङ ०.२२, विकास बैंक ०.१२, हाइड्रोपावर ०.५५, लगानी ०.४१, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.१७, माइक्रोफाइनान्स ०.४९ र अन्य समूह १.१९ प्रतिशतले घटेका छन्।

आज दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन्। अन्य कम्पनीहरूमा सिन्धु विकास बैंक ९.५६, सीवाईसी लघुवित्त ४.८७ र सप्तकोशी विकास बैंक ४.४४ प्रतिशतले मूल्य बढेको छ।

सबैभन्दा धेरै मूल्य घट्नेमा बाराही हाइड्रोपावर ४.७६ प्रतिशतले तल गएको छ। त्यस्तै गुहेश्वरी मर्चेन्ट फाइनान्सको मूल्य ३.१३ र मोदी इनर्जीको ३.०२ प्रतिशतले घटेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा बाराही हाइड्रोपावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप र सप्तकोशी विकास बैंक रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार