होमपेज > पाँच महिनामा ४ खर्बभन्दा बढी राजश्व

पाँच महिनामा ४ खर्बभन्दा बढी राजश्व

बिज्ञापन

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सरकारले कुल ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार मंसिर मसान्तसम्म कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड, गैरकर राजश्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड रहेको छ। यो संकलन वार्षिक लक्ष्यको ७८.७४ प्रतिशत हो।

गत आर्थिक वर्षको सोही अवधिको तुलना गर्दा यस वर्ष राजश्व संकलनमा १.६८ प्रतिशत वृद्धि देखिएको छ। आर्थिक चुनौतीका बीच पनि राजश्व वृद्धिदर सकारात्मक हुनु उत्साहजनक भएको अर्थ मन्त्रालयले जनाएको छ। तर आयकरतर्फ भने संकलन ८ प्रतिशतले घटेको मन्त्रालयको विवरणमा उल्लेख छ।

मन्त्रालयका अनुसार हाल घरजग्गा कित्ताकाट खुलेको, सेयर बजारमा सुधारका संकेत देखिन थालेका र आसन्न निर्वाचन तथा पुनर्निर्माण गतिविधि तीव्र हुँदै गएकाले आगामी महिना राजश्व संकलन थप सुधार हुने अपेक्षा गरिएको छ। यी गतिविधिले आर्थिक चलायमानता बढाउँदै राजश्व लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउने मन्त्रालयको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  2. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  3. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  4. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  5. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  6. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  7. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  8. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  9. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  10. १० पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  11. ११ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  12. १२ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  13. १३ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  14. १४ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  15. १५ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने