होमपेज > रणवीर सिंहको ‘धुरन्धर’ प्रदर्शनमा ११ दिन, कमाइमा निरन्तर उछाल

रणवीर सिंहको ‘धुरन्धर’ प्रदर्शनमा ११ दिन, कमाइमा निरन्तर उछाल

बिज्ञापन

रणवीर सिंहको चलचित्र ‘धुरन्धर’ प्रदर्शनमा आएको ११ दिन पूरा भइसकेको छ । प्रदर्शनसँगै फिल्मको कमाइमा निरन्तर वृद्धि देखिएको छ भने सामाजिक सञ्जालमा कलाकारहरूको अभिनयको व्यापक प्रशंसा भइरहेको छ ।

सप्ताहान्तमा उल्लेखनीय कमाइ गरेसँगै ‘धुरन्धर’ यस वर्षको तेस्रो सर्वाधिक कमाइ गर्ने फिल्म बन्न सफल भएको छ । यद्यपि, उत्कृष्ट व्यापार गरे पनि फिल्म हालसम्म दुई ठूला चलचित्रभन्दा पछाडि नै छ । आगामी सप्ताहान्तमा कमाइ अझै बढ्ने अनुमान गरिएको छ, जसले ती चलचित्रलाई उछिन्न सक्ने अपेक्षा गरिएको छ ।

साक्निल्कको रिपोर्टअनुसार ‘धुरन्धर’ ले ११औँ दिन मात्रै २९ करोड भारु कमाइ गरेको छ । हालसम्म भारतमा फिल्मले कुल ३७९.७५ करोड भारु संकलन गरिसकेको छ । विश्वव्यापी कलेक्सनतर्फ हेर्दा चलचित्रले ५७९.२५ करोड भारु कमाइ गरेको छ ।

यससँगै ‘धुरन्धर’ चालु वर्षको तेस्रो सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ । अहिले फिल्म ‘छावा’ र ‘कान्तारा: च्याप्टर १’ भन्दा पछाडि रहेको छ । छावाले विश्वभर ८०७.९१ करोड भारु र कान्तारा: च्याप्टर १ ले ८५२.२५ करोड भारु कमाइ गरिसकेका छन् । आगामी दिनमा ‘धुरन्धर’ ले यी दुवै फिल्मलाई पछि पार्न सक्ने अनुमान गरिएको छ ।

फिल्मको कलाकारमा रणवीर सिंह र अक्षय खन्नासँगै सञ्जय दत्त, अर्जुन रामपाल, राकेश बेदी तथा सारा अर्जुन प्रमुख भूमिकामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  2. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  3. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  4. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  5. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  6. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  7. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  8. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  9. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  10. १० एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  11. ११ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  12. १२ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  13. १३ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  14. १४ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  15. १५ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’