होमपेज > वर्षौंदेखि अलपत्र २३४ सडक तथा पुलका ठेक्का तोडिँदै

वर्षौंदेखि अलपत्र २३४ सडक तथा पुलका ठेक्का तोडिँदै

बिज्ञापन

सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरेका २३४ सडक तथा पुलका ठेक्का तोडिने भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्कामाथि सरकारको कडा कदम चालिने तयारी भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार (असोज ११) सम्बद्ध अधिकारीहरूसँग छलफल गर्दै निर्माण कार्यमा देखिएको ढिलासुस्ती अन्त्यका लागि ठेक्का तोड्नुको विकल्प नरहेको बताएका छन्।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत ३८, काठमाडौंका ७५, कास्कीका ३९, सुर्खेतका ४९, हुलाकी राजमार्गका १६ र मध्यपहाडी लोकमार्गका १७ ठेक्का रुग्ण अवस्थामा रहेको छ। निर्माण सुरुको समयभन्दा १०० प्रतिशतभन्दा बढी म्याद थपिँदा समेत ५० प्रतिशतभन्दा कम प्रगति भएका, २०० प्रतिशतभन्दा बढी म्याद थपिँदा ८० प्रतिशतभन्दा कम प्रगति भएका, र ४०० प्रतिशतभन्दा बढी म्याद थपिँदा ९५ प्रतिशतभन्दा कम प्रगति भएका दुई करोड रुपैयाँभन्दा माथिका ठेक्कालाई रुग्ण मानिएको छ।

मन्त्री घिसिङले आयोजनाको काम नगरी पेस्की लिएर रकम अन्यत्र लगानी गर्ने प्रवृत्ति रोक्न ठेक्का तोड्नु जरुरी भएको बताए। उनले तत्कालीन तथा हालका जिम्मेवार कर्मचारीको संलग्नता पनि छानबिन गर्न समिति गठन गरिने जानकारी दिए।

मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयमा देखिने अनियमितता, ढिलासुस्ती, घुस माग्ने जस्ता प्रवृत्तिमाथि कडाइका साथ कारबाही गरिने चेतावनी दिए। उनले आफ्नो नाम बेचेर सेवाग्राहीलाई दुःख दिने कसैलाई पनि बर्खास्त गर्नुपर्ने अवस्था आएमा जानकारी दिन निर्देशन समेत दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  2. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  3. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  4. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  5. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  6. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  7. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  8. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  9. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  10. १० पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  11. ११ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  12. १२ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  13. १३ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  14. १४ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  15. १५ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने