होमपेज > शेयर बजार ८ अङ्कले घट्यो, साढे २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजार ८ अङ्कले घट्यो, साढे २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

बिज्ञापन

केही दिन देखि लगातार बढिरहेको शेयर बजारमा आज करेक्शन आएको छ । केही दिन यता कारोबार रकमको रेकर्ड पनि दिनदिनै तोडिएको थियो । तर आज नेप्से तल झरेसँगै कारोबार रकम पनि केही घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.१८ अंकले घटेको हो । ०.२७ प्रतिशतले बजार घट्दा नेप्से २९२३.४६ अंकमा झरेको छ । समग्रमा बजारमा करेक्शन देखिए पनि बैंकिङ ०.४५, वित्त १.५७, लगानी ०.०८, जीवन बीमा ०.५४ र ट्रेडिङ समूह ०.०६ प्रतिशतले बढेको छ । बाँकी समूह राताम्मे भए । होटल समूह सबैभन्दा बढी २.२५ प्रतिशतले घटेको छ । आज ३३२ कम्पनीका ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६ सय ३३.३१ रुपियाँ बराबरको कारोबार भएको छ ।

बजारमा करेक्शन आए पनि मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर, गुडविल फाइनान्स, ङादी हाइड्रो, मिड सोलु हाइड्रो, बिन्ध्यवासिनी हाइड्रो र शुभम् पावरका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९, ९.९७, ९.९१, ९.७५ र ९.६५ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९३ प्रतिशतले घाटा व्यहोरेका छन् । नेपाल फाइनान्सकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८१ कराड ९९ लाख ४० हजार ८ सय २२५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन आइतबार ९४.५३ अंकले बजार उचालिंदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९.९० रुपियाँ र हिजो सोमबार ७०.८१ अंकले बजार उचालिंदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५.८९ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  2. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  3. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  4. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  5. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  6. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  7. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  8. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  9. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  10. १० एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  11. ११ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  12. १२ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  13. १३ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  14. १४ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  15. १५ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’