होमपेज > हिमालयन बैंक लिमिटेडको नाफा २ अर्ब ८३ करोड

हिमालयन बैंक लिमिटेडको नाफा २ अर्ब ८३ करोड

बिज्ञापन

हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८१.६० प्रतिशत धेरै हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको थियो।

इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो। साथै, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। ९ अर्ब ९२ करोड रहेको उक्त आम्दानी १७.१२ प्रतिशत बढेर ११ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ। सञ्चालन नाफा पनि ६७.४३ प्रतिशतले बढेको छ। बैंकको इम्पेयमेन्ट चार्ज ४२.७६ प्रतिशत घटेर २ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ कायम भएको छ।

चक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको हिमालयन बैंकको जगेडा कोषमा २२ अर्ब ४३ करोड रुपैयाँ जम्मा रहेको छ। यसको वितरणयोग्य नाफा भने ऋणात्मक छ। बैंकको प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १७६.९० रुपैयाँ छ। एनपीएल ४.९१ प्रतिशत कायम भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार