होमपेज > होमस्टेमा थारु परिकारले पाहुनाको स्वागत

होमस्टेमा थारु परिकारले पाहुनाको स्वागत

बिज्ञापन

ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक घरवास (होमस्टे) को थारु परिकार र आतिथ्यताले पाहुना लोभिने गरेका छन् । बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टे, च्यामा होमस्टे र राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेमा पुग्ने पाहुनालाई थारु परिकार र संस्कारले स्वागत गर्ने गरिएको छ । थारु संस्कृतिसँगै परिकारहरू ढिक्री, गँगटा, घुँगी, माछालगायत परिकारले यतिबेला पाहुनालाई स्वागत गर्ने गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए ।

“अहिले दसैं, तिहारलगायत चाडपर्वका अवसरमा हामीले थारु संस्कृतिसँगै परिकारले पाहुनालाई स्वागत गरिरहेका छौँ,” कृष्णले भने, “तिहार बिदामा घुम्न आउनुभएका पाहुनालाई थारु परिकारसँगै यतिबेला उहाँको चाहनाअनुसार स्थानीय कुखुरा, हाँस र परेवाको परिकार पनि उपलब्ध गराएको छौँ ।”

होमस्टेमा पहिलोपटक पुग्ने पाहुनालाई पुनः जाउँजाँउ लाग्ने बनाउन होमस्टे सञ्चालकहरू जुटेका छन् । थारु संस्कारमै गरिएको स्वागत, सत्कार र फरक स्वादसहितको मीठो परिकारले पाहुना खुसी हुने गरेको नयाँगाउँ होमस्टेका सञ्चालक सदस्य शोभी थारुले बताइन् ।

दसैं, तिहार मनाउन गाउँ फर्केका आन्तरिक पर्यटकहरू होमस्टेमा आउने गरेको राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताए । बाँके निकुञ्ज घुम्न आउने पर्यटकहरू अहिले होमस्टेको स्वाद लिन आफूकहाँ आउने गरेको उनको भनाइ छ ।

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा