होमपेज > कटहरियाका मेयर–उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कटहरियाका मेयर–उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिज्ञापन

रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस्तै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित थप ८ जनाविरुद्ध पनि गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरेको छ ।

अख्तियारले अधुरो सामुदायिक भवनमा टायल्स र फ्लोरिङको काममा उपभोक्ता समितिसँग मिलेमतो गरेर वास्तविकता भन्दा बढी क्षेत्रफल देखाएर रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको हो । भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४ दशमलब ४१ वर्ग मिटर भएको र वास्तविक क्षेत्रफल ४ सय ७३ दशमलब बर्ग मिटर मात्र भएको दाबी अख्तियारको छ ।

बढी देखाइएको १२ लाख ५२ हजार ९ सय ४१ रूपैयाँ ९५ पैसा बराबरको रकमलाई बिगो दाबी गरिएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश शाह र इन्जिनियर राजेशकुमार शाह तथा नगरपालिकाका सदस्य र उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  2. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  3. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  5. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  6. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  7. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  8. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  9. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  10. १० रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  11. ११ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  12. १२ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  13. १३ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  14. १४ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  15. १५ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द