होमपेज > कामना सेवा विकास बैंकको बैंकिङ एण्ड विजनेस कन्क्लेभ सम्पन्न

कामना सेवा विकास बैंकको बैंकिङ एण्ड विजनेस कन्क्लेभ सम्पन्न

बिज्ञापन

कामना सेवाविकास बैंकले नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) चितवनसँगको सहकार्यमा बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ।

व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्धेश्यले आयोजित कार्यक्रममा चितवनका करिब ६० भन्दाबढी युवा व्यवसायीको सहभागिता रहेको थियो। पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेले मध्यस्तता गरेको कार्यक्रममा कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए विमनकार्की र नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष तथा व्यवसायी सुर्यभक्त अधिकारी वक्ताको रुपमा रहेका थिए।

कार्यक्रममा बोल्दै एफसिए विमन कार्कीले आर्थिक चक्रका हरेक चरणहरुमा बैंक र व्यवसायीहरुबीच फरक मत रहने भएपनि प्रचलित कानुन र नियमको अधिनमा नरहने व्यवसायीलाई आर्थिक रुपमा दबाब पर्ने भएकोले नेपाल राष्ट्र बैंक तथा बैंकहरुले निर्धारण गरेका नियमहरुलाई पालना गरी आफ्नो व्यवसाय संचालन गर्नुपर्ने तथा वित्तीयविवरणहरुको पारदर्शिता कायम गर्न व्यवसायीहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुपर्नेमा जोड दिए।

नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष तथा युवा व्यवसायी सुर्यभक्त अधिकारीले व्यवसायीहरु कोभिड १९ को चपेटाबाट अगाडी बढ्न नपाउदै नियमनकारी निकायका विभिन्न नितीहरुले व्यवसायीहरु थप आक्रान्त बनेको तथा व्यवसायवाट पलायन हुनसक्ने भएकोले बैंकहरुले साना तथा मझौला व्यवसायीहरुलाई संरक्षण गर्नुपर्ने बताए।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयदाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरु अग्रसर हुँदा व्यवसायीहरुलाई असहज महसुस भएतापनि दिर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताए। त्यस्तै पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले होटल व्यवसायहरु कोभिड १९ देखि नै थलिएको हुँदा बैंकहरुले विशेष माया गर्नुपर्ने धारणा राखेका छन्।

चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र वलीले नियमनकारी निकायको कडाई, कोभिड १९ पश्चातको कर्जा विस्तार, सडक संजालको ढिलो निर्माण, युवाजनशक्तीको विदेश पलायनलगायतका कारणले उत्पादनमा आएको गिरावट तथा व्यवसायमा आएको मन्दीले गर्दा व्यवसायीहरु पलायन हुनसक्ने भएकोले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुले सो विषयमा ध्यान दिनुपर्ने जोड दिदैँ आफ्नो भनाई राखेका थिए भने कामना सेवा विकास बैंकका ब्रान्डिङ विभाग प्रमुख सुशिल पौडेलले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  2. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  3. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  4. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  5. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  6. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  7. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  8. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  9. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  10. १० एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  11. ११ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  12. १२ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  13. १३ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  14. १४ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  15. १५ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’