होमपेज > घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु हुँदै

घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु हुँदै

बिज्ञापन

दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ । अहिले मोड र साँघुरो स्थानमा खुला गर्ने काम भइरहे पनि चारलेन सडककै रूपमा विकास भइरहेको हो ।

चालु आर्थिक वर्षमै सडक विस्तारको काम सक्नेगरी काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए । यसअघि साँघुरो सडकका कारण धेरै सवारी दुर्घटना हुँदै आएका थिए । अब भने दुर्घटनाको जोखिम बढिरहेको समयमा सडक विस्तारसँगै मोड सुधारले यातायातका साधन सञ्चालनमा सहजता हुने अपेक्षा गरिएको छ ।

लमही–घोराही सडकखण्डका जोखिमपूर्ण मोडहरू कटान गरेर गाडी सञ्चालन हुँदा दुवैतर्फको सडक देखिने सडक विस्तारको काम भइरहेको कार्यालय प्रमुख विष्टले बताए । साँघुरा स्थानमा सडकको चौडाइ बढाउने र बढ्दो सवारी चापलाई व्यवस्थित बनाउँदै आवागमन सहज बनाउने उद्देश्यअनुसार माटो कटिङदेखि काट्न नमिल्ने ठाउँमा पर्खाल निर्माण गरेर सडक बढाउने काम भइरहेको छ ।

घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि लमही नगरपालिका–६ अर्जुनखोलासम्मको करिब १७ किलोमिटर सडकखण्डको साँघुरा स्थानलाई फराकिलो बनाउने काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

घोराही–लमही सडक सुधार कार्यक्रमअन्तर्गत विभिन्न मोडहरूमा सुधारदेखि साँघुरो स्थानमा कटिङ र पर्खाल निर्माणको काम भइरहेको छ । सडक सुधारका लागि लमहीको अर्जुनखोलादेखि घोराहीको चौपट्टा मन्दिरसम्मको खण्डमा रु २० करोड १३ लाख ५९ हजारबराबरका तीनवटा ठेक्का सम्झौता गरी साँघुरो सडकलाई खुला बनाउने काम भइरहेको प्रमुख विष्टले जानकारी दिए ।

उनका अनुसार घोराही–लमही सडकखण्डअन्तर्गत कुइरेपानीदेखि मसोटखोलासम्मको सडकखण्ड श्री मुनाल–केवी–सुनिल एन्ड विजय जेभी दाङसँग १३ करोड ४६ लाख ६१ हजार र मसोटखोलादेखि अर्जुनखोलासम्मको सडकखण्ड ६ करोड ८० लाख ९० हजारमा सडक विस्तारको काम गर्नेगरी श्री इजी–अलकापुरी जेभीसँग ठेक्का सम्झौता भएको छ ।

चालु आर्थिक वर्षमै सडक सुधारको काम सक्नेगरी चौपट्टादेखि अर्जुनखोलासम्मको सडकमा काम भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट