होमपेज > जीवन बीमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बीमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

बिज्ञापन

जीवन बीमा शुल्कमार्फत एक खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ बराबरको रकम सङ्कलन भएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बीमा शुल्क ३२ अर्ब ५३ करोड रुपैयाँ बराबर सङ्कलन भएको छ। कूल बीमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई एक खर्ब ६० अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ।

गत फागुन मसान्तसम्म सक्रिय बीमा लेखमध्ये जीवन बीमातर्फको सङ्ख्या एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बीमातर्फको सङ्ख्या २१ लाख ६८ हजार ४५ बराबर रहेको छ। चालु आवको फागुनसम्म जीवन बीमातर्फ एक लाख २५ हजार ८३० बीमा दाबीअन्तर्गत २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको रकम दाबी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ।

निर्जीवन बीमातर्फ ९४ हजार २१५ बीमा दाबीअन्तर्गत १७ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम भुक्तानी गरिएको छ। बीमा क्षेत्रमा जीवन र लघु जीवन बीमातर्फ गरी १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। सर्वेक्षण अनुसार २०८१ फागुनसम्म करिब चार लाख १२ हजार ४५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा छन्।निर्जीवन बीमा व्यवसायको क्षति मूल्याङ्कन गर्ने एक हजार २२४ सर्भेयर र १६ पुनः बीमा अभिकर्ताले रोजगारी पाएका छन् ।

सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड
यसैगरी, गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व छ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ बराबर पुगेको छ । सो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम पाँच खर्ब ७८ अर्ब छ करोड रुपैयाँ बराबर छ। कोषले विभिन्न क्षेत्रमा गरी दुई खर्ब २९ अर्ब ४९ करोड रुपैयाँ बराबरको रकम लगानी गरेको छ। यस्तै तीन खर्ब ८१ अर्ब ६१ करोड रुपैयाँ बराबरको कर्जा तथा सापटी प्रदान गरेको छ।

सर्वेक्षण अनुसार गत पुस मसान्तसम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व तीन खर्ब १९ अर्ब ५० करोड रुपैयाँ बराबर पुगेको छ। सो अवधिमा बचतकर्ताको सञ्चित रकम दुई खर्ब ८२ अर्ब ३७ करोड रुपैयाँ बराबर छ। कोषले विभिन्न क्षेत्रमा एक खर्ब ९२ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको छ। ९१ अर्ब ५६ करोड रुपैयाँ बराबरको रकम कर्जा तथा सापटी प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट