होमपेज > बढ्यो सुन्तलाको मूल्य, प्रतिकिलो कति पुग्यो?

बढ्यो सुन्तलाको मूल्य, प्रतिकिलो कति पुग्यो?

बिज्ञापन

बजारमा सुन्तलाको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको छ।

तथ्यांक अनुसार बजारमा स्वदेशी र भारतीय गरी दुई प्रकारका सुन्तला आउँछन्। सोमबार कालीमाटी बजारमा नेपाली सुन्तला प्रतिकिलो थोक मूल्य एक सय ६० देखि एक सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, भारतीय सुन्तलाको मूल्य प्रतिकिलो थोक मूल्य एक सयदेखि एक सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

एक महिना अघि कालीमाटी बजारमा नेपाली सुन्तला एक सयदेखि एक सय २० रूपैयाँसम्म कारोबार भएको थियो। त्यस्तै, भारतीय सुन्तलाको मूल्य प्रतिकिलो ९० देखि एक सय रूपैयाँमा कारोबार भएको थियो। सिजन सकिएसँगै सुन्तलाको मूल्य बढेको हो।

फलफूल व्ययवसायीका अनुसार अहिले बजारमा नेपाली सुन्तला कम मात्रामा आउने गरेको छ। त्यस्तैले मूल्य वृद्धि भएको हो। नेपाली सुन्तलाको सिजन सकिएको छ। अब भारतीय सुन्ताला बढी भित्रिने छ। कालीमाटीमा गोर्खा, स्याङ्जा, लमजुङ, काभ्रे, धरान लगायतका जिल्लाबाट सुन्तला आउने गरेको छ।

थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ। अहिले बजारमा उपभोक्ताले एक किलो सुन्तलाको एक सय ८० देखि दुई सय रूपैयाँसम्म तिरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट