होमपेज > अत्याधिक गर्मीका कारण घट्यो डिजेलको माग

अत्याधिक गर्मीका कारण घट्यो डिजेलको माग

बिज्ञापन

भारतमा अत्याधिक गर्मीका कारण डिजेलको माग घटेको छ । देशका विभिन्न भागमा अत्यधिक गर्मीका कारण मानिसहरूले कम यात्रा गर्न थालेपछि डिजेलको मागमा कमी आएको बताइएको छ ।

चुनावको समयमा परम्परागत रूपमा वृद्धि हुने इन्धन बिक्रीले यस वर्ष यो प्रवृत्तिलाई कमजोर बनाएको बताइएको छ । यो गिरावट लोकसभा निर्वाचनपछि पनि जारी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जुन १ देखि १५ सम्म डिजेल बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९ प्रतिशतले घटेर ३९.५ लाख टनमा सीमित भएको छ । भारतमा सबैभन्दा बढी खपत हुने इन्धनको माग अप्रिलमा २.३ प्रतिशत र मार्चमा २.७ प्रतिशतले घटेको थियो । यो महिनामा भने १.१ प्रतिशतले गिरावट आएको छ ।

पेट्रोल र डिजेलको मूल्य पनि घट्यो

मध्य मार्चमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको थियो । दर संशोधनको लगभग दुई वर्ष लामो अन्तरालपछि पनि इन्धन खपत द्दटेको बताइएको छ । गत वैशाख १ देखि १५ सम्म मासिक रूपमा पेट्रोलको बिक्री १४.७ लाख टन खपतको तुलनामा ३.६ प्रतिशतले घटेको छ । डिजेलको माग मेको पहिलो पन्ध्र दिनमा मासिक आधारमा ३५.४ लाख टनमा स्थिर रह्यो । भारतमा डिजेल सबैभन्दा बढी खपत हुने इन्धन हो, जसमा खपत हुने सबै पेट्रोलियम पदार्थको करिब ४० प्रतिशत हो ।

देशको कुल डिजेल बिक्रीको ७० प्रतिशत यातायात क्षेत्रको छ । यो हार्वेस्टर र ट्रयाक्टर लगायत कृषि क्षेत्रमा प्रयोग हुने प्रमुख इन्धन हो । जुन १ देखि १५, २०२४ को बीचमा हवाई इन्धनको माग वार्षिक रूपमा २.३ प्रतिशतले बढेर ३ लाख ३१ हजार टन पुगेको छ । असार १ देखि १५ सम्म खाना पकाउने ग्यास (एलपीजी) को माग वार्षिक आधारमा ०.१ प्रतिशतले बढेर १२.४ लाख टन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट