होमपेज > अभिनेत्री रिमी सेनले बलिउड छोडेर दुबईमा बनिन् घरजग्गा एजेन्ट

अभिनेत्री रिमी सेनले बलिउड छोडेर दुबईमा बनिन् घरजग्गा एजेन्ट

बिज्ञापन

कुनै समय बलिउडमा आफ्नो अभिनय र सुन्दरताले तहल्का मच्चाएकी अभिनेत्री रिमी सेन अहिले ग्ल्यामरको दुनियाँबाट पूर्ण रूपमा टाढा भएकी छिन् । अक्षय खन्नासँग ‘हंगामा’ फिल्मबाट सानदार डेब्यु गरेकी रिमीले आफ्नो करियरको उचाइमा रहँदा अजय देवगन, सलमान खान र अक्षय कुमार जस्ता सुपरस्टारहरूसँग काम गरिन्।

‘धूम’, ‘गोलमाल’, ‘फिर हेराफेरी’ जस्ता ब्लकबस्टर फिल्ममा देखिएकी उनी विगत १४ वर्षदेखि पर्दाबाट हराएकी छिन् । हालै बाहिरिएको जानकारी अनुसार रिमी अहिले दुबईमा सिफ्ट भएकी छिन् र त्यहाँ रियल एस्टेट एजेन्टको रूपमा नयाँ करियर सुरु गरेकी छिन्।

हिन्दुस्तान टाइम्सलाई दिएको एक अन्तर्वार्तामा रिमीले आफूले जानीजानी आफ्नो फिल्मी करियर बर्बाद गरेको स्वीकार गरेकी छिन्। फिल्महरूमा आफ्नो भूमिका ‘फर्निचर’ जस्तो मात्र हुने गरेको र ‘जोनी गद्दार’ जस्ता राम्रो भूमिका भएका फिल्महरूले सोचेजस्तो सफलता नपाएपछि उनी निराश थिइन्।

अहिले दुबईमा रियल एस्टेट क्षेत्रमा जमेकी रिमी त्यहाँको जीवनशैलीबाट निकै खुसी छिन् । बिल्डक्याप्स रियल एस्टेटसँगको कुराकानीमा उनले दुबईलाई निकै आत्मीय सहरको रूपमा वर्णन गर्दै त्यहाँ काम गर्दा आफूलाई निकै राम्रो महसुस भइरहेको बताएकी छिन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म