होमपेज > निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग र मूल्यमा वृद्धि, प्रतिक्रेट कति पुग्यो?

निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग र मूल्यमा वृद्धि, प्रतिक्रेट कति पुग्यो?

बिज्ञापन

प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा बजारमा अण्डाको माग बढेको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः वृद्धि हुँदै गएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको हो।

सङ्घका अनुसार ठूलो अण्डाको फार्म मूल्य एक क्रेट (३० वटा)को ४ सय ९५ रुपैयाँ कायम गरिएको छ। यसअघि प्रतिक्रेट ४ सय ६५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य ३० रुपैयाँले बढाइएको हो। यस्तै, मझौला अण्डाको फार्म मूल्य ४ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ, जुन यसअघि ४ सय ४५ रुपैयाँ थियो।

यसअघि गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यतिबेला ठूलो अण्डा प्रतिक्रेट ५ सय ६५ रुपैयाँ र मझौला अण्डा ५ सय ५० रुपैयाँमा बिक्री भएको थियो।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचनको माहोल सिर्जना हुनु र निर्वाचनसँगै सीमा क्षेत्रमा कडाइ बढ्नु अण्डाको मूल्य वृद्धिका मुख्य कारण हुन्। त्यस्तै, अण्डा उत्पादन गर्ने कुखुराको सङ्ख्या घट्नु, उत्पादनमा कमी आउनु तथा बन्द रहेका विद्यालयहरू खुल्नुजस्ता कारणले पनि माग बढेको उनले बताए।

हाल अण्डा उत्पादनको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा रहेको छ। यसअनुसार किसानको लागत मूल्य प्रतिक्रेट ५ सय ७४ रुपैयाँ ६ पैसा पर्न आउँछ। लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः मूल्य घटेपछि किसान निरास बनेका थिए। तर हालको मूल्य वृद्धिले किसानमा पुनः आशा जागेको छ। सङ्घले बजारको अवस्था हेरी अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  2. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  3. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  4. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  5. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  6. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  7. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  8. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  9. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  10. १० पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  11. ११ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  12. १२ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  13. १३ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  14. १४ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  15. १५ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने