होमपेज > अम्बा खानुका फाईदै फाइदा

अम्बा खानुका फाईदै फाइदा

बिज्ञापन

अम्बा स्वादिलोका साथै  स्वास्थ्यका पनि फाइदाजनक छ । यसमा विभिन्न पोषक तत्त्व पाइन्छन् जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ ।

अम्बामा फाइबर, लाइकोपिन, भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । अम्बाले पेट सफा गर्नुकासाथै पाचन प्रणालीलाई पनि बलियो बनाउँछ । अम्बा पेटबाहेक अन्य थुप्रै रोगमा पनि निकै लाभदायी हुन्छ । अम्बाका अन्य फाइदा यस प्रकारका छन् ।

-अम्बा खानुका फाइदाहरु:

१-मधुमेहको रोकथाम

अम्बामा चिनीको मात्रा कम हुन्छ । त्यस्तै, यसले चिनीको मात्रा कम गर्न मद्दत गर्ने हुदाँ यो मधुमेहका विरामीको लागि समेत निकै फाइदाजनक मानिन्छ । दिनमा एउटा अम्बाको पत्ता चपाउनाले मात्र पनि मधुमेह नियन्त्रण हुने भएकोले मधुमेहका रोगीहरुलाई दैनिक अम्बा खान सल्लाह इनिे गरिन्छ ।

२-तौल घटाउन

अम्बामा भरपुर मात्रामा प्रोटिन भिटामिन, मिनरल्स लगायतका खनिज पदार्थ पाइन्छ । त्यस्तै, अम्बामा पाइने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । अन्य फलफुलको तुलनामा अम्बामा चिनीको मात्रा समेत कम हुने भएकोले तौल घटाउन चाहनेका लागि अम्बा राम्रो विकल्प हुनसक्छ ।

३-रुघाखोकीमा

अम्बामा भरपूर मात्रामा भिटामिन सि पाइन्छ , जुन शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनमा निकै लाभदायक मानिन्छ । अम्बामा कालो मरिच तथा नुन मिसाएर खानाले कफको समस्या हट्छ । त्यस्तै, पाकेको अम्बा खाएपश्चात्त मनतातो पानीको सेवनले ज्वरोबाट छुटकारा पाइन्छ ।

४-दाँतका समस्यामा

यदी कसैलाई दातमा समस्या छ भने अम्बाको पत्तालाई हल्का रुपमा चपाउनुपर्छ । त्यस्तै, अम्बाको पत्तालाई मनतातो पानीमा उमालेर पिउनाले गिजाको सुजन तथा दातको दुखाईबाट राहत प्रदान गर्छ । त्यस्तै अम्बाको पत्तालाई पिसेर मुखमा लाउनाले सास गन्हाउने समस्याबाट समेत राहत मिल्छ ।

५-कब्जियतको समस्यामा

कब्जियत तथा पेट सम्बन्धि समस्यामा अम्बा रामबाण सावित हुने गर्छ । पेटमा पीडा होस् वा झाडापखाला, अम्बामा नुन हालेर खाएमा यसले तुरुन्तै आराम दिन्छ । त्यस्तै, अम्बाको पत्ताले झाडापखाला फैलाउने व्याक्टेरियालाई रोक्छ । त्यस्तै अम्बाको पत्ता चपाउनाले पेटको समस्याबाट राहत दिनुका साथै कब्जियतको समस्या समेत हटाउँछ ।

६-आँखा तथा छालाको लागि

अम्बामा भरपूर मात्रामा भिटामिन ए पाइन्छ । जुन आखाको लागि लाभदायक छ । अम्बाको सेवनले रतन्दो तथा मोतियाविन्दु हुनबाट आखालाई बचाउँछ । त्यस्तै, अम्बाको सेवनले अनुहारको चाउरीपना कम हुनुका साथै अनुहार कालो हुनबाट जोगाउँछ । त्यस्तै, यसले अनुहारको रंगलाई समेत कायम राख्छ ।

७-मदिराको असर कम गर्छ

यदी कसैलाई मदिरा वा भाङको नशा भएमा अम्बाको पत्ताको रस निकै लाभदायक मानिन्छ । अम्बाको पत्ता चपाउनाले मात्र पनि मदिराको ह्याङओभर कम गर्न तथा नशा कम गर्न मद्दत मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट