होमपेज > इप्पानको साधारणसभा तथा अधिवेशन शुक्रबार हुने

इप्पानको साधारणसभा तथा अधिवेशन शुक्रबार हुने

बिज्ञापन

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार हुने भएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले साधारणसभा तथा अधिवेशनका लागि तयारी भइरहेको बताए । उनका अनुसार उक्त संस्थामा हाल सात सयभन्दा बढी कम्पनी आबद्ध छन् ।

संस्थाले आज जारी गरेको विज्ञप्तिमा विसं २०८० जेठ ३२ मा सम्पन्न २१औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरिएकामा समितिले संस्थालाई महासङ्घमा रूपान्तरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावसहितको प्रतिवेदन २०८२ जेठ २९ गते समितिमा पेस भएकामा २०८२ असार ३१ गते सम्पन्न २३औँ वार्षिक साधारणसभाले त्यसमा छलफल गरी कार्यान्वयनका लागि अध्यक्षलाई अख्तियारी दिएको थियो ।

यद्यपि, २०८३ वैशाख ४ गते सम्पन्न कार्यसमिति बैठकले इप्पानलाई महासङ्घका रूपमा रूपान्तरण गर्न नसकिने निष्कर्षसहित इप्पान विधान, २०७८ अनुसार २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, आज सम्पन्न २०३औँ कार्यसमिति बैठकले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने तथा संशोधित विधान लागू भएपछि एक कार्यकाल कार्यसमितिमा रही योग्य ठहरिएका व्यक्तिलाई अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको जनाइएको छ । अन्य सबै पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवारी दिन सकिने व्यवस्थाका लागि प्रस्ताव गरिने विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, इप्पानले विधान पुनर्लेखनसम्बन्धी मस्यौदा तथा प्रतिवेदन सचिवालयमा सुरक्षित रहेको जनाउँदै उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक रूपमा ‘विधान गायब भएको’ तथा ‘विधानविपरित साधारणसभा आयोजना गर्न लागिएको’ भन्ने आरोपप्रति आपत्ति जनाएको छ । संस्थाले ती आरोपलाई ‘अर्नगल र कपोलकल्पित’ भन्दै खण्डन गरेको छ ।

इप्पानले जेठ ९ र १० गते नै साधारणसभा तथा अधिवेशनसम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरिसकेको जनाउँदै भ्रमपूर्ण प्रचारप्रति सचेत रहन र अधिवेशनलाई सफल बनाउन सक्रिय सहभागिताका लागि सबै सदस्यहरूलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट