एनआईसी एशिया बैंकका ग्राहकहरुले अब देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट, देवदह रुपन्देहीमा उपचारका क्रममा विशेष छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र अस्पतालबीच छुट सुविधा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको हो ।सम्झौताअनुसार, बैंकका ग्राहकहरूले उक्त अस्पतालमा सेवा लिएर डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार, ग्राहकहरूले ओपीडी टिकटमा ५० प्रतिशत, सामान्य बेड चार्जमा २५ प्रतिशत, आइसियु/एआईसियु/पीआईसियु/सिसियुमा १० प्रतिशत, सर्जिकल ट्रीटमेन्टमा १५ प्रतिशत, प्याथोलोजिकल ल्याब चार्जमा १५ प्रतिशत, रेडियोलोजिकल सेवामा १५ प्रतिशत (सिटी स्क्यान र एमआरआई बाहेक) तथा अन्य सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
यो सुविधा लिनका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले जनाएको छ कि, यस सहकार्यले ग्राहकहरूलाई उपचारमा आर्थिक लाभ प्रदान गर्नुका साथै देशभर डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृति विस्तारमा टेवा पुग्नेछ ।

