होमपेज > काजरिया टाइल्सको ब्रान्ड एम्बेसडर बनिन् अभिनेत्री रायमाझी

काजरिया टाइल्सको ब्रान्ड एम्बेसडर बनिन् अभिनेत्री रायमाझी

बिज्ञापन

नेपालको प्रिमियम टाइल्स उत्पादक काजरिया रमेश टाइल्स लिमिटेडले अभिनेत्री दिव्या रायमाझीलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ। कम्पनीले शुक्रबार काठमाडौंमा आयोजना गरेको आफ्नो वार्षिक कार्यक्रम आर्क एन्ड औरा मा सो घोषणा गरेको हो।

कम्पनीका निर्देशक संजय अग्रवालले बोर्ड सदस्य, उद्योग साझेदार र ग्राहकहरूको उपस्थितिमा दिव्यालाई एम्बेसडर नियुक्त गरेको जानकारी गराएका हुन् । ब्रान्डका मूल मूल्यहरू युवा ऊर्जा, प्रेरणा र आधुनिकतासँग रायमाझी मेल खाने व्यक्तित्व भएको पनि उनले सो क्रममा उल्लेख गरे।

“दिव्याको जोशिलो उपस्थितिले हाम्रो सोच, शैली र गुणस्तरसँग सान्दर्भिकता राख्छ,” उनले कार्यक्रममा भने। “उनी मनोरञ्जन क्षेत्रमा अघि बढिरहेकी छिन् र उनको यात्रा हाम्रो ब्रान्डको नेतृत्व र उत्कृष्टताको प्रतिनिधित्व गर्छ।”

कार्यक्रममा दिव्या रायमाझीले कम्पनीका आगामी अभियानहरूमा ब्रान्डको आधुनिक र सदाबहार पहिचान प्रस्तुत गर्ने बताइएको छ। सो अवसरमा काजरियाले आफ्ना नयाँ टाइल संग्रह तथा नवीन डिजाइनहरू पनि सार्वजनिक गरेको थियो । कम्पनीले गुणस्तरीय सामग्री र अत्याधुनिक प्रविधिको प्रयोगमार्फत नेपाली टाइल उद्योगमा योगदान पुर्‍याउने प्रतिबद्धता पनि दोहोर्‍याएको छ ।

नेपालकै ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर काजरिया रमेश टाइल्स लिमिटेडले उद्योगमा नयाँ कीर्तिमान बनाएको कम्पनीको दाबी छ। कम्पनीले हाल ४,००० भन्दा बढी विशेष डिजाइनमा टाइल्स उत्पादन गर्दै आएको छ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी डिलर नेटवर्कमार्फत कम्पनीले बजार विस्तार गरिरहेको छ। उपलब्ध टाइल्सहरू जल र दाग प्रतिरोधी हुनुका साथै दीर्घकालीन टिकाउपनका लागि पनि उपयुक्त हुने बताइएको छ। गुणस्तर, नवीनता र शैलीमा केन्द्रित काजरिया रमेश टाइल्सले नेपाली उपभोक्ताका लागि लक्जरी जीवनशैलीको नयाँ अनुभव दिने लक्ष्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार