कुमारी बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले प्रस्तावका रूपमा पेस गरिएको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित सोही आर्थिक वर्ष असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू पारित गरेको छ।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर ३०२ वटा शाखा सञ्जाल, ३१६ वटा एटीएम, ५० वटा एक्सटेन्सन काउन्टर तथा ४८ वटा शाखारहित बैंकिङ इकाईमार्फत ग्राहकलाई अत्याधुनिक र प्रभावकारी सेवा प्रवाह गर्दै आइरहेको जनाएको छ।
बैंकले आगामी दिनहरूमा पनि सेवा अझ सरल, सुलभ र उत्कृष्ट बनाउने उद्देश्यका साथ विभिन्न सहकार्यहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

