होमपेज >  कुमारी बैंकले ल्यायो ग्रीन हायर पर्चेज कर्जा

 कुमारी बैंकले ल्यायो ग्रीन हायर पर्चेज कर्जा

बिज्ञापन

कुमारी बैंकले ग्रीन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ्गको अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरू हासिल गर्न बैंकले जिआईजेड, ग्लोबल ग्रीन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाहरुद्धारा व्यवस्थापन तथा प्रवर्द्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल (एसईटी४एनपीएल) परियोजना अन्तर्गत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो ।

बैंकका अनुसार यस योजना अन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आबद्ध व्यक्तिहरूले विद्युतीय बस तथा माइक्रो बस खरिद गर्न बैंकबाट कर्जा लिँदा, आकर्षक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नु पर्ने सुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानहरूसमेत पाउने छन् ।

त्यसैगरी इन्धनमा आधारित सार्वजनिक सवारी साधनहरू सञ्चालन गरिरहेका व्यक्तिहरूले आफ्ना सवारी साधनहरूलाई विद्युतीय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यसका लागि ऋणीहरूले परियोजनामा आबद्ध सवारी साधन आपुर्तिकर्ताहरुबाट विद्युतीय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजात सहित कुमारी बैंकको शाखाहरूमा सम्पर्क गर्नुपर्ने छ ।

यस योजना अन्तर्गत समावेश गरिएका अनुदानहरूले ऋणीहरूको सुरुवाती पुँजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोगसँगै प्रदूषण समेत कम गर्न सकिने जस्ता बहु आयामिक लाभहरू प्राप्त हुने बैंकका दिगो बैङ्किङ विकास विभागका प्रमुख अर्पण पौडेलले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट