होमपेज > कुवेतमा आगलागी हुँदा मृत्यु भएका ४९ मध्ये ४० जना भारतीय, तीन नेपाली घाइते

कुवेतमा आगलागी हुँदा मृत्यु भएका ४९ मध्ये ४० जना भारतीय, तीन नेपाली घाइते

बिज्ञापन

कुवेतमा मजदुरहरू बस्ने ६ तल्ले घरमा आगलागी हुँदा मृत्यु भएका ४९ जनामध्ये ४० जना भारतीय रहेको खुलेको छ।

बुधबार बिहान मन्गाफ जिल्लामा मजदुरहरूको आवासीय भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ जना पुगेको र तीमध्ये ४० जना भारतका रहेको पुष्टि भएको छ। उनीहरू केरल र तामिलनाडुका रहेको पनि खुलेको छ। भवनमा डेढसय भन्दा बढी मजदुरहरू बस्थे। अधिकांश तेल कम्पनीमा काम गर्ने केही मजदुरहरू बस्ने बताइएको छ। केही आगो फैलिनुभन्दा अगाडि नै भाग्न सफल भएका र केहीलाई घाइते अवस्थामा उद्धार गरिएको बिबिसीले जनाएको छ। उक्त भवनमा नेपालका पाँच मजदुर पनि रहेको बताइएको छ।

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले पाँचमध्ये तीन जना घाइते भएको र दुई जना सुरक्षित रहेको बिबिसीसँग बताएका छन्। उनले घाइतेहरुको अवस्था बुझ्न दूतावासको टोली अस्पताल पुगेको पनि बताएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा परेका आफ्ना नागरिकहरूको अवस्था बुझ्न विदेश राज्यमन्त्री कीर्तिवर्द्धन सिंहलाई कुवेत पठाएका छन्।

बुधबार नै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकको परिवारलाई २र२ लाख रूपैयाँ दिने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार