होमपेज > कैलालीको धनगढीबाट लागू औषधसहित चार जना पक्राउ

कैलालीको धनगढीबाट लागू औषधसहित चार जना पक्राउ

बिज्ञापन

कैलालीको धनगढीमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट करिब साढे सात ग्राम लागू औषध (खैरो हेरोइन) सहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीका अनुसार, धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिक सु.प.प्र. ०१००८ प २७३३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ४ ग्राम ३८० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो। लागू औषध नियन्त्रण व्युरो, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले मोटरसाइकलमा सवार धनगढी–७ का १९ वर्षीय जीवन मल्ल र २७ वर्षीय आदित्य खड्कालाई पक्राउ गरेको हो।

त्यसैगरी, इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१४ खुटिया टोलमा प्र।३–०२–००७ प ५५२० नम्बरको मोटरसाइकल जाँच गर्दा ३ ग्राम ६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। प्रहरीले मोटरसाइकलमा सवार धनगढी–१४ का २५ वर्षीय सुभम राना र सेवा रानालाई पक्राउ गरेको हो।

दुई घटनामा गरी प्रहरीले जम्मा ७ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन र २ वटा मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार