होमपेज > जिल्ला अदालत रुपन्देहीमा रवि लामिछानेविरुद्ध मुद्दा दायर हुँदै

जिल्ला अदालत रुपन्देहीमा रवि लामिछानेविरुद्ध मुद्दा दायर हुँदै

बिज्ञापन

सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट बुधवार धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा अर्को मुद्दा दायर गर्ने तयारी भएको छ। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी विरुद्ध बिहीबार मुद्दा दर्ता गर्न लागिएको हो।

प्रहरीले गत शुक्रवार नै लामिछाने समेतलाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले मुद्दा दर्ताको अन्तिम तयारीमा पुगेको जानकारी दिए। उनले भने, ‘आज साँझसम्म मुद्दा दायर हुन्छ।’ उनले अनुसन्धान प्रतिवेदन अध्ययन भइरहेको बताउँदै केही प्राविधिक समस्या आएको खण्डमा चाहिँ शुक्रबार पनि हुनसक्ने बताए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो। उक्त प्रकरणमा पुराना २८ र नयाँ १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय दिइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजय पण्डितले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  2. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  3. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  4. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  5. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  6. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  7. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  8. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  9. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  10. १० एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  11. ११ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  12. १२ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  13. १३ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  14. १४ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  15. १५ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’