होमपेज > जेष्ठ १० गते देखि शुरु हुने लिटिल मिस एन्जेल र लिटल मास्टर नेपाल २०२५ को आवेदन खुल्यो

जेष्ठ १० गते देखि शुरु हुने लिटिल मिस एन्जेल र लिटल मास्टर नेपाल २०२५ को आवेदन खुल्यो

बिज्ञापन

यहि जेष्ठ १० गते देखि शुरु हुन गईरहेको लिटिल मिस एन्जेल र लिटल मास्टर नेपाल २०२५ को आवेदन खुलेको छ। नौ वर्ष देखि १३ वर्ष पुगेका बच्चाहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् ।

यस वर्षको हरेक कार्यक्रम लाइ बिशेष तरिका बाट प्रस्तुत् हुने छ र यस वर्ष कलश इभेन्ट्सको १३ औं वार्षिक उत्सव को उपलक्क्षमा नेपाल कै उत्कृस्ट २ बृहत बालबालिकाहरुको Exclusive Gooming Session यौटै मंच मा जेष्ठ ३१ गते संस्कृतिक संस्थान नाचघर , जमलमा हुन गईरहेको कलश इभेन्ट्सका प्रबन्ध निर्देशक वर्षा महर्जनले बताए।

आयोजक कलश ईभेंटका अध्यक्ष संजय महर्जनका अनुसार हरेक वर्ष आयोजना गर्दै आएको लिटिल मिस एन्जेलको यो छैठौं र लिटल मास्टर नेपालको तेश्रो संस्करण हो। प्रतियोगिताका सहभागीहरुलाई व्यक्तित्व विकास लगायत नेतृत्व, आत्मविश्वास, बाल यौन दुर्व्यवहार बारे सचेतना कक्षा (गुड टचरब्याड टच),ध्यान, योग ,पौडी, ट्राफिक शिक्षा, सामाजिक उत्तरदायित्व जस्ता बिषयमा प्रशिक्षण दिनुका साथै सिर्जनात्मक क्रियाकलापमा प्रतियोगीलाई सहभागी गराईने उनले जानकारी गराए।

आवेदन शुल्क ५०० रहेको प्रतियोगितामा प्रतियोगीहरूले ग्रान्ड फिनालेको लागि एक सेट प्रिमियम डिजाइन गरिएको पोशाक, ब्रान्डको नाम अंकित मिस एन्जल नेपाल छापिएको टी–सर्ट प्राप्त गर्नेछन। (व्यावसायिक प्रसिद्ध फोटोग्राफर) द्वारा फोटो सेसन, विभिन्न प्रख्यात व्यक्तित्व, प्रशिक्षक, कलाकारद्वारा प्रशिक्षण दिईनुका साथै तालिम अवधिभर खाजाको व्यवस्ता गरिएको निर्देशक महर्जनले जानकारी गराए।

तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ । तालिम जेठ ७ आइतबारबाट सुरु हुनेछ र ग्राण्ड फिनाले जेठ २७ गते हुनेछ । रोहिया महर्जनको कोरियोग्रफिमा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार सहित विभिन्न गिफ्ट हम्प्पेरहरु प्रदान गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट