होमपेज > दुर्गा प्रसाईंले राइड–शेयरिङ्ग प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी

दुर्गा प्रसाईंले राइड–शेयरिङ्ग प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी

बिज्ञापन

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियानको नाममा राजनीतिक गतिविधि अघि बढाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राइड–शेयरिङ्ग प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन्।

हाल बजारमा रहेका पठाओ, इन्ड्राइभ जस्ता चलेका राइड–शेयरिङ्ग प्लेटफर्मले कमिसनका रूपमा दैनिक तीन चार करोड नेपाली रुपैयाँ विदेश लगिरहेकोले त्यसलाई रोक्न आफूले ‘दुर्गा’ राइड–शेयरिङ्ग ल्याउन लागेको प्रसाईंले जानकारी दिए । नेपाली मोटरसाइकल तथा ट्याक्सी चालकहरूका लागि शून्य कमिसनको साथमा राइड–शेयरिङ्ग प्लेटफर्म सुरु गर्न लागेको जानकारी दिए। नेपाली ट्याक्सी चालक र बाइक राइडरहरूको सशक्तीकरण गर्ने उद्देश्यले नयाँ राइड शेयरिङ्ग प्लेटफर्मको काम अघि बढाएको तीन चार महिनापछि सुरु गर्ने प्रसाईले बताए।

‘दुर्गा’ मा चालकहरूका लागि जीवनभर रजिस्ट्रेसन शुल्क र कुनै कमिसन शुल्क नलाग्ने उनले बताए। यो कदमले देशभरका ट्याक्सी चालक र दुई लाखभन्दा बढी बाइक राइडरहरूलाई फाइदा पुर्‍याउने लक्ष्य लिएको उनले बताए।  प्रसाईंले भने– ‘अहिले पठाओवालाहरुले दैनिक कमिसनको नाउँमा दैनिक तीन चार करोड नेपालीको पैसा विदेश लगिरहेका छन्। नेपालको पैसा नेपालमै राखौँ, नेपालीहरूले नेपालमै व्यापार गर्नुपर्छ, नेपाल हाम्रो हो, नेपाल नेपालीले चलाउनुपर्छ भन्ने योजना हो।’

उनले अहिले पठाओ, इन्ड्राइभ स्थापित भए पनि तिनीहरूलाई चुनौती दिँदै दुर्गाले मोटरसाइकल चालक र ट्याक्सी चालकलाई राहत दिने र नेपाली पैसा विदेश जानबाट रोक्ने बताए।उनले भने– ‘के नेपाली पैसा बाहिर जानु राम्रो हो? नेपाली पैसा बाहिर गएपछि नेपाल नै धितोमा राखेर देश चलाउनुपर्ने हुन्छ, कतिन्जेलसम्म धितोमा राखेर चलाउने? धितोमा राखेर चलाएपछि के हुन्छ, लिलाम हुन्छ । लिलाम भएपछि हामी नेपाल र नेपाली रहन्छौँ कि रहँदैनौँ? हामी नेपालीहरू पनि सक्षम भइसकेका छौँ, हामी नेपालीहरूले नै देश बचाउनुपर्छ, नेपाल बचाउन नेपालमै काम गर्नुपर्छ भनेर हामीले यो अवधारण अघि बढाएका हौँ।’

सो प्लेटफर्मको आधिकारिक घोषणा मङ्सिर ७ मा काठमाडौँमा आयोजना हुने सभामा गर्ने तयारी गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार